कम्पनीको उद्देश्य
क) दैवी प्रकोप पीडित असहाय र आश्रय विहीन परिवारकालागि अधिराज्यका विभिन्न भागहरुमा सम्बन्धित निकायबाट साधन लिई आवासको व्यवस्था गर्ने ।
ख) योजनाबद्ध वस्ती विकास गर्ने ।
ग) गरीवीको रेखामुनी रहेका आफ्नो घडेरी नभएका परिवारहरुलाई वित्तिय साधन जुटाई आवासको व्यवस्था गर्ने।
घ) कुनै योजना संचालन गर्दा (खानी, जलविद्युत, सडक निर्माण, कारखाना स्थापना आदि) विस्थापित हुन जाने परिवारहरुलाई आयोजना संचालन गर्ने निकायबाट आवश्यक रकम लिई पुनः स्थापनाको व्यवस्था मिलाउने ।
(ङ) काठमाण्डौं उपत्यका लगायत अन्य शहरहरुमा देखिएको घरभाडा सम्बन्धि समस्या समाधान गर्न भाडाका घरहरु निर्माण गरी व्यवस्थित गर्न योजना संचालन गर्ने ।
(च) राष्ट्रिय आवास नीतिमा उल्लेखित कार्यक्रम एवम् नीतिहरुमा कम्पनीले सम्भव भएसम्मको योगदान एवम् सहभागी भएर कार्यक्रमहरु संचालन गर्ने ।
(छ) शहरी क्षेत्रमा आवासको लागि आवासीय योजना, परियोजनाहरु संचालन गर्ने, गराउने ।
(ज) नागरिक चाहना र यस कम्पनीको उद्देश्य अनुरुप विभिन्न स्थानमा कम लागतका घर (ीयध ऋयकत ज्यगकष्लन), भवनहरु निर्माण गरी तिनको विक्री वितरण गर्ने, गराउने ।
(झ) नेपाल सरकारमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरु र सेवा निवृत्त कर्मचारीहरुको लागि समेत तोकिएको परिधिभित्र रही आवास सुविधा उपलब्ध गराउने ।
(ञ) नेपाल सरकारले विभिन्न समयमा जारी गरिएको नीति र कार्यक्रम अनुसार आवास कार्यक्रम संचालन गर्ने ।
(ट) नेपालका विभिन्न अन्य स्थानहरुमा सम्भव भए सम्म सपिङ्ग कम्प्लेक्स, सटर कवलहरु निर्माण गरी तिनको विक्री वितरण र बाहालमा दिने ।
(ठ) विकास पध्रर्वाधार (ढल, खानेपानी, विद्युत्त, संचार, बाटो आदि) सम्बन्धी आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार तथा सम्बन्धित निकाय तथा दातृसंस्थाहरुसंग सम्पर्क र समन्वय गरी आवास कार्यक्रमलाई व्यवस्थित गर्ने ।
(ड) माथि उल्लेखित उद्देश्यहरुसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध भएका विषयहरु सम्बन्धित कार्यहरुको प्रबन्ध गर्ने ।
उपयोगी लिङ्कहरू
Cooperatives and Poverty Alleviation
Department of Urban Development
Kathmandu Valley Development Authority
न्युजलेटर
नयाँ अद्यावधिकहरू प्राप्त गर्न हाम्रो मेलिङ सूचीको सदस्यता लिनुहोस्!