Logo
मौजुदा सुची दर्ता सम्बन्धी सुचना ।

मौजुदा सुची दर्ता सम्बन्धी सुचना ।

सूचना प्रकाशित मिति: २०७७/०४/२५


यस कम्पनीको केन्द्रीय कार्यालयको लागि आ.व.२०७८/०७९ मा आवश्यक पर्ने तपशिल बमोजिमका बिभिन्न सामान तथा सेवा आपूर्ति गर्न गराउनका लागि ईच्छुक ईजाजत प्राप्त व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुलाई आवश्यक कागजातहरु (फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि,स्थायी लेखा नम्बर (प्यान) र मु.अ.कर सहित दर्ता प्रमाण पत्रको प्रतिलिपि,आ.व २०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि) संलग्न गरी रु १०l०० को टिकट टाँस वा नगदै संलग्न राखी कानुन बमोजिम कारोवारमा अयोग्य नभएको तथा कालो सुचीमा नपरेको लिखित स्वघोषणा पत्रका साथ प्रत्येक समुहका लागि छुट्टा छुट्टै मौजुदा सूचीमा दर्ता हुन यस कम्पनीमा निवेदन पेश गर्न हुन कम्पनीको आर्थिक विनियमावली,२०७३ एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम यो सूचना प्रकाशित गरिएको छ l सुची दर्ता सम्बन्धी केही बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ l

मौजुदा सुची दर्ता गर्ने समुहहरु
१. फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य l
२. विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी कार्य l
३. छपाई सम्बन्धी कार्य l
४. ईलेक्ट्रोनिक्स सामान र सेवाहरुको(कम्प्युटर,प्रिन्टर,फोटोकपी,फ्याक्स, आदि आपूर्ति तथा मर्मत सम्बन्धी कार्य l
५. सवारी साधन (गाडी तथा जीप) को पार्टपुर्जा मर्मत तथा आपूर्ति l
६. मसलन्द तथा विविध सामाग्रीहरु l

राष्ट्रिय आवास कम्पनी लिमिटेड (नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त) केन्द्रीय कार्यालय श्रीमहल,पुल्चोक,ललितपुर l
हाल:सम्पर्क कार्यालय, दुर्गामार्ग -१०,बुदनगर,काठमाडौँ (कारोवार दैनिकको कार्यालय नजिकै)


फोन नं.- ०१-४७९०५२१, ०१-४७९७२१९
इमेल -: rastriyaawascoltd@gmail.com

टिप्पणी / जवाफ बाट

News and Press

जोडिएको रहनुहोस्

न्युजलेटर

नयाँ अद्यावधिकहरू प्राप्त गर्न हाम्रो मेलिङ सूचीको सदस्यता लिनुहोस्!